भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा घाइते


१५ पुस २०७९, शुक्रबार


काठमाडौँ । भारतका स्टार क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस