लुम्बिनीले काठमाडौँलाई दियो १५१ रनको लक्ष्य « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

लुम्बिनीले काठमाडौँलाई दियो १५१ रनको लक्ष्य


१५ पुस २०७९, शुक्रबार


काठमाडौँ । कप्तान दीपेन्द्रसिंह ऐरीको ४० रनप्रेरित लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा काठमाडौँ नाइट्सलाई एक सय ५१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ५० रनको योगफल तयार गर्यो।

लुम्बिनीका लागि कप्तान दीपेन्द्रले २७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४० रन जोडे। ओपनर लहिरु मिलान्था २५, कुशल भुर्तेल १९ रन जोडेर पेभेलियन फर्किँदा शाड्ली भान स्कलक्यक २१ रनमा अविजित रहे।

बलिङतर्फ काठमाडौंका लागि अज्मतुल्लाह ओमारजाई दुई विकेट लिए। यस्तै, अविनाश बोहरा, अनिल खरेल, बासिर अहमद र सुनम गौतमले एक–एक विकेट लिए।

लुम्बिनी यसअघिका चार खेलमा अपराजित छ। काठमाडौँले भने तीनमध्ये दुई खेल जितेको छ। शुक्रबार नै हुने दोस्रो खेलमा फार वेस्टर्न युनाइटेड र पोखरा एभेन्जर्स भिड्ने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस