२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कार अभियोगमा वडा सदस्य जेल चलान

अ+ अ-

काठमाडौँ । मोरङको बेलबारी नगरपालिकाका वडा सदस्य पुर्पक्षका लागि जेल चलान भएका छन्।

बेलबारी-२ का २६ वर्षीय विजय तोलांगी बिहीबार पुर्पक्षका लागि थुनामा जेल चलान भएका हुन्।

मोरङकै २४ वर्षीय एक जना स्टाफ नर्सलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले तोलांगीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

अदालतको आदेशपछि पुर्पक्षका लागि तोलांगी मोरङ कारागार चलान भएका छन्।

बलात्कार आरोपमा पक्राउ परेका तोलांगी बेलबारी नगरपालिकाको कार्यपालिका सदस्य हुन्। उनी नेपाली काँग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए।

तोलांगीले मोरङको जेफालेमा लगेर साउन १८ गते आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा युवतीले ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरी दिएकी थिइन्। उजुरी दिएपछि तोलांगी फरार थिए।

कानुन व्यवसायीसँग कानुनी सल्लाह लिएपछि उनी मंसिर २६ गते इलाका प्रहरी कार्यालय, बेलबारीमा आफैँ हाजिर भएका थिए।

प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि बुधबार मोरङ अदालतमा अभियोग दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस