स्वास्थ्य मन्त्रालयले सोध्यो बिपी प्रतिष्ठानका पदाधिकारीलाई २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य मन्त्रालयले सोध्यो बिपी प्रतिष्ठानका पदाधिकारीलाई २४ घण्टे स्पष्टीकरण


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले काठमाडौँको महाराजगन्जस्थित बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका निर्देशकलाई पनि २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।

आर्थिक वर्ष २०७९र८० को प्रथम त्रैमासमा सञ्चालित विकास कार्यक्रम र आयोजनाहरूको समीक्षा बैठकमा प्रतिष्ठानका पदाधिकारी उपस्थित नभएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकसँग स्पष्टीकरण माग गरेको हो ।

गत मङ्गलवार सञ्चालन भएको मन्त्रालय स्तरीय विकास समस्या समाधान उपसमितिको बैठकमा उपस्थित नभएपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा। कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

हेर्नुहोस् पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस