जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ ।

राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचीहरू तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ । चुनावी समीक्षा, विधान अधिवेशन, सङ्गठन तथा आगामी कार्यदिशा लगायतका एजेन्डाहरूमा बैठक केन्द्रित हुनेछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस