कार्यकाल कति हुन्छ ख्याल नगरी काम गर्छु : महान्यायाधिवक्ता पोखरेल « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कार्यकाल कति हुन्छ ख्याल नगरी काम गर्छु : महान्यायाधिवक्ता पोखरेल


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले आफ्नो कार्यकाल कति समय हुन्छ भन्ने ख्याल नगरी काम गर्ने बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयमा आयोजित कार्यक्रममा उनले आफू भोलिदेखि नै यो संस्थालाई अझ राम्रो बनाउने प्रयत्नमा लाग्ने बताए ।

‘कति हुन्छ कार्यकाल म त्यतातिर सोच्न चाहन्न । भोलिदेखि नै हामी यो संस्थालाई अझ बढी राम्रो बनाउन प्रयत्न गरौँ, भइरहेका कामलाई गुणस्तरीय बनाउन प्रयास गरौँ’ उनले भने ।

महान्यायाधिवक्ता पोखरेलले आफू एउटा व्यक्तिले मात्र संस्थाको कायापलट गर्न सक्छ भन्ने कुरामा विश्वास नगर्ने भन्दै सबैको सहकार्यबाट राम्रो काम गर्ने कोसिस गर्ने बताए ।

‘म हिरोइजममा विश्वास गर्दिन । एउटा मान्छेले आएर कायापलट गर्न सक्छ, अरू केही पनि होइनन् भन्ने म्यासेज दिन सक्छ भन्ने कुरामा म विश्वास गर्दिन’ उनले भने, ‘यहाँहरूसँग अलरेडी ब्रेन छ, त्यसको वेस्ट युज गर्ने वातावरण मैले मात्र प्रयत्न गरेर हुँदैन, हामी सबै मिलेर त्यसको उपयोग गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस