एकीकृत समाजवादी वाम ध्रुवीकरणतर्फ, बोलायो स्थायी कमिटी बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एकीकृत समाजवादी वाम ध्रुवीकरणतर्फ, बोलायो स्थायी कमिटी बैठक


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धनको समीकरण फेरबदल भएपछि अन्योलमा रहेका नेकपा (एकीकृत समाजवादी)का नेताहरू छलफलमा जुटेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालले जिल्ला अध्यक्षहरूसँग भर्चुअल छलफल गरिरहेका छन् ।

पाँचदलीय गठबन्धन भत्काएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)सहितको समर्थनमा प्रधानमन्त्री बनेपछि एकीकृत समाजवादी अन्योलमा छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जाँदा प्रचण्डले जानकारी नै नदिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले चित्त नै दुखाएका थिए । प्रचण्डसँग चित्त दुखाएका नेपाललाई फकाउन एमालेका नेताहरू समेत दौडधुपमा छन् ।

बुधबार हात्तीवनस्थित एक घरमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई समर्थन गरी सहभागी हुन नेपालसमक्ष प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावपछि एकीकृत समाजवादीका नेताहरू छलफलमा जुटेका हुन् ।

अबको रणनीति तय गर्न एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक समेत डाकिएको छ । एकीकृत समाजवादीलाई एमालेमा मिलाउने प्रयास समेत गरिएको छ । त्यसका लागि एमाले अध्यक्ष ओली र नेपाललाई भेट गराउन नेताहरू लागिपरेका छन् । १६ गते स्थायी कमिटी बैठक तय भएको जनाइएको छ ।

नेताहरूले सङ्गठन निर्माण र वामपन्थी सहकार्य गर्नुपर्ने सुझाव दिएको उनले बताए । ओली-नेपाल संवादको प्रयास भइरहे पनि टुङ्गो भने लागि नसकेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस