लेखराज र खगराजबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लेखराज र खगराजबीच भेटवार्ता


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज खगराज भट्टबीच बुधबार औपचारिक भेटघाट भएको थियो ।

कुनै समय लेखराज र खगराज दुवै एउटै पार्टी माओवादीमै थिए ।

लेखराज एमाले प्रवेश गरेपछि दुवै नेतावीच सम्बन्ध चिसिएको थियो । एकाध बिहे पार्टी र अन्य कार्यक्रममा जम्का भेट हुने बाहेक औपचारिक रूपमा भेटघाट छलफल भएको थिएन । बुधबार राजनीतिक सहकार्यका विषयमा पहिलो पटक लेखराज र खगराजबीच छलफल भएको खगराजले बताए । एमाले र माओवादीका दुई शीर्ष नेताबीच प्रदेश सरकार गठनका विषयमा छलफल भएको खगराजले बताए ।

‘नयाँ परिस्थितिमा गठबन्धन पनि प्रदेशमा समेत नयाँ समझदारीको वातावरण बनाउनुपर्ने देखियो । त्यसैले लेखराज निवास गरेर भेटेको हुँ । नयाँ गठबन्धनमा कसरी सहकार्य गरेर जाने भन्ने विषयमा छलफल भयो,’ उनले भने ।

दुई नेताबीचको भेटमा लेखराज समेत प्रदेश सरकारमा मिलेर जाने विषयमा सकारात्मक देखिएको खगराजले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस