गण्डकीका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण आज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गण्डकीका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण आज


१४ पुस २०७९, बिहिबार


पोखरा । गण्डकी प्रदेशका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

शपथ ग्रहण दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन् ।

नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश सभा सचिवालयले शपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक लगाएर ११ बजे नै उपस्थित हुन सांसदहरुलाई आह्वान गरेको छ । प्रदेश सांसदहरुलाई निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र साथमै लिएर आउन पनि भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस