२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आह्वान

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमवार दिउँसो एक बजे अधिवेशन आह्वान गरेका हुन्।

पहिलो अधिवेशन स्थायी राजधानी राप्ती उपत्यकामा आह्वान गरिएको हो । प्रदेश सभाको नवनिर्मित भवनमा अधिवेशन बस्नेछ। यस्तै प्रदेश सभा सदस्यको शपथग्रहण पुस १७ गते गरिने भएको छ।

प्रदेश सभा सचिवालयका अनुसार पुस १७ गते दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेश सभाको नयाँ भवनमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण राखिएको हो । अधिवेशन बस्नुअघि नै शपथग्रहण गर्नुपर्ने प्रदेश सभा नियमावलीमा उल्लेख छ।

सोही आधारमा अधिवेशनको अघिल्लो दिन पुस १७ गते शपथग्रहण तोकिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। १६ गते शपथग्रहण राख्ने तयारी गरिए पनि शनिवार परेकाले एक दिन पछि सारिएको हो।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको पहिलो अधिवेशन पुस १८ गते आह्वान गर्ने निर्णय गरेको थियो । लुम्बिनी प्रदेश सभा नियमावली २०७९ का आधारमा प्रदेश सभाले काम गर्ने छ । नेपालको संविधानको धारा १८३ को उपधारा एक बमोजिम प्रदेश सभाको पहिलो अधिवेशन आह्वानपश्चात प्रदेश सभाको बैठक बस्नुअघि प्रदेश सभामा निर्वाचित भई आउने सदस्यले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ।

सोही आधारमा प्रमुख शेरचनले शपथग्रहण गराउनेछन् । ८७ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकबाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस