काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले जोर्डनका लागि सुशील कुमार लम्साल र स्लोभेनियाका लागि भरत कुमार रेग्मीलाई गैर आवासीय राजदूतमा नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशील कुमार लम्साललाई जोर्डन अधिराज्यका लागि स मेत गैर आवासीय राजदूत पदमा र अस्ट्रिया,संयुक्त राष्ट्रसङ्घ कार्यालय भियानका लागि नेपालको आवासीय राजदूत भरत कुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।