११ अङ्कले घट्यो नेप्से « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

११ अङ्कले घट्यो नेप्से


१३ पुस २०७९, बुधबार


काठमाडौँ । नयाँ सरकार गठनसँगै २ दिन बढेको बजार तेस्रो दिन बुधबार ट्रेडर हाबी हुँदा सामान्य प्रभावित भएको छ । यस दिन नेप्से सूचक ११.८१ अङ्कले घटेर १९७२.१५ विन्दुमा अडिएको छ ।

२ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै अर्को तीन वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेको छ ।

दुई दिनमै बजार करिब ११६ अङ्कले बढेको थियो । बजार बढेपछि नाफा बुक गर्न ट्रेडरहरु हाबी हुँदा बजारमा केही करेक्सन आएको हो ।

बुधबार २५७ कम्पनीको ६५ लाख ३० हजार कित्ता शेयर कारोबार भएको छ । ८ करोड ८५ लाख रुपैयाँसहित कारोबार रकममा नबिल बैङ्क अगाडि छ ।

यसैगरी दोस्रोमा रिडी पावर कम्पनी र तेस्रोमा अपर तामाकोसी हाइड्रोपावर छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस