गठबन्धनका उम्मेदवारमाथि असहयोग गर्नेलाई काँग्रेसले दियो माफी « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

गठबन्धनका उम्मेदवारमाथि असहयोग गर्नेलाई काँग्रेसले दियो माफी


१३ पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेका नेता कार्यकर्ताको सूची पठाउन माघ १५ गतेसम्मका लागि समय थपेको छ । 

पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरी असहयोग गरेको उजुरीका सन्दर्भमा आवश्यक निर्णय गरी केन्द्रमा पठाउन काँग्रेस केन्द्रीय अनुशासन समितिले आज निर्देशन दिएको हो । समितिले यसअघि १५ पुसभित्र सूची पठाउन प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।

त्यति बेला काँग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेको पनि सूची पठाउन भनेको थियो । पुस १० मा गठबन्धन भत्किएपछि काँग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेलाई माफी दिने देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस