जसपा संसदीय दलको निर्वाचन आज, राई र यादबको दाबी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जसपा संसदीय दलको निर्वाचन आज, राई र यादबको दाबी


१३ पुस २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले बुधबार संसदीय दलको नेता चयन गर्दै छ । यसका लागि दिउँसो २:३० देखि ३:३० बजेसम्म मतदान हुनेछ।

यसअघि बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय तोकिएको छ । यस्तै, १२:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १:३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ ।

मतरिणाम बुधबार नै सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ। जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठबन गरिसकेको छ। संसदीय दल निर्वाचन समिति सदस्यमा अर्जुन थापा र दीपेन्द्र झा छन् ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । अध्यक्ष उपेन्द्र यादव जनमतका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।

संघीय परिषद्का अध्यक्ष अशोक राई, राज किशोर यादव र रामसहायप्रसाद यादव दलको नेतामा प्रमुख दाबेदार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस