काँग्रेसमा एकले अर्कोलाई कारबाही सिफारिस गर्ने होडबाजी  « प्रशासन
Logo १७ कार्तिक २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काँग्रेसमा एकले अर्कोलाई कारबाही सिफारिस गर्ने होडबाजी 


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । मंसिर ४ को निर्वाचनमा कपिलवस्तुमा नेपाली काँग्रेसका उम्मेदवार पराजित भएपछि एकले अर्कोलाई कारबाहीको सिफारिस गर्ने होड चलेको छ ।

गठबन्धन गरेर निर्वाचनको मैदानमा गए पनि कपिलवस्तुमा अपेक्षित परिमाण ल्याउन नसकेपछि नेपाली काँग्रेसभित्र एकले अर्कालाई हराएको आरोप लगाउँदै कारबाहीको सिफारिस गर्दा पार्टीमा नेताहरूबिचको विवाद छताछुल्ल बाहिर आएको हो ।

कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा पराजित नेपाली काँग्रेसका नेता अभिषेक प्रताप शाहले जिल्ला सभापति अब्दुल कलामलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न माग गरेका छन् । सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै शाहले जिल्ला सभापतिसहित १२ जना नेतालाई कारबाही गर्न माग गरेका हुन् ।

शाहले लेखेको पत्रमा जिल्ला उपसभापति हुमकान्त खनाल, जिल्ला सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, जिल्ला प्रवक्ता ईश्वरी पाण्डे, जिल्ला सदस्य हरिप्रसाद पोख्रेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गरिएको छ । ०६४ देखि लगातार चुनाव जित्दै आएका शाह ५ दलीय गठबन्धनको साथ पाएर पनि हारेपछि दलकै नेताहरूको असहयोगले चुनाव जित्न नसकेको बताउँदै आएका छन् ।

निर्वाचनपछि काँग्रेस कपिलवस्तुमा एक पक्षले अर्को पक्षलाई आरोप लगाएर भाँडभैलो मच्चिएको हो । यसअघि कपिलवस्तुको क्षेत्रीय समितिले उनै शाहलाई निलम्बन गरेको विज्ञप्ति बाहिर आएको थियो । क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्यायले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा शाहलाई निर्वाचनमा अन्तर्घात गरेको ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी  निलम्बन गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई सिफारिस गरेको थियो ।

विज्ञप्तिमा शाहसहित ७ जनालाई कारवाहीको माग गरिएको छ । कपिलवस्तुमा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ६ क्षेत्र रहेकोमा नेपाली काँग्रेसभित्रको घात अन्तरघातले गर्दा संघमा १ र प्रदेशसभामा १ सिटमा चित्त बुझाउनु परेको छ । गठबन्धनको बलियो साथ हुँदाहुँदै पार्टीभित्रको विवादले पराजित हुनु परेको काँग्रेसका स्थानीय नेताहरूले बताउने गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस