२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टी-२० लिग : लुम्बिनी अल स्टारको लगातार तेस्रो जित

अ+ अ-

काठमाडौँ । रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टारले लगातार तेस्रो जित निकालेको छ । पोखराको यो लगातार तेस्रो हार हो ।

मङ्गलवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीलाई जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक हुँदा स्ट्राइकमा रहेका साड्ले भान स्कल्कवेकले छक्का प्रहार गरेका थिए ।

आक्रामक रूपमा प्रस्तुत भएका स्कल्कवेकले ११ बलमा चार छक्कासहित अविजित ३१ रन जोडे । स्कल्कवेकबाहेक कुशल भुर्तेल ३९, उन्मुक्त चन्दले २२ र अनिल साह १९ रनको योगदान गरे ।

पोखराका कुशल मल्लले दुई र विपीन कार्कीले समान दुई विकेट लिए । प्रतिश जिसी, अभिमन्यु मिथुन र जहिर खानले समान एक विकेट लिए ।

यसअघि, टस हारेपछि ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

पोखराबाट आक्रामक ब्याटिङ गरेका कुशल मल्लले ६१ रन बनाएका थिए । उनले ३१ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । उपुल थरंगाले ४२ रन बनाउनुबाहेक अरू ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

लुम्बिनीका साड्ले भान स्कल्कवेकले तीन विकेट लिए । गुल्सन झा र किशोर महत्तोले समान दुई विकेट लिँदा हर्मित सिंह र सागर ढकालले एकरएक विकेट झारे ।

लिगको तीन खेलमा नै जित निकालेको लुम्बिनी ६ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ । समान खेल खेल्दा पनि खाता खोल्न नसकेको पोखरा पुछारमा छ ।