चोरीको मोटरसाइकलसहित चार जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चोरीको मोटरसाइकलसहित चार जना पक्राउ


१२ पुस २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । पर्सा प्रहरीले ८ वटा चोरीको मोटरसाइकल सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२६ का २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, १९ वर्षीय शिबम पाण्डे र २० वर्षीय आकाश तिवारी रहेका छन् ।

चोरी गर्ने समूहले मुख्य साँचो (मास्टर की) प्रयोग गरेर र मोटरसाइकलको ह्याण्डल लक तोडेर चोरी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउ पर्नेहरूलाई चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दीपक गिरीले जानकारी दिएको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस