महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले दाबी गरेको छ ।

माओवादी केन्द्रनिकट मानिने वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालतको न्यायाधीशमा जाने चर्चा चलेको थियो । प्रधानमन्त्रीमा दाहाल नियुक्त भएसँगै सरकारको कानुनी सल्लाहकारको रूपमा महान्यायाधिवक्तामा नियुक्त गर्न लागिएको हो ।

महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुनेछ । राष्ट्रपतिबाट नियुक्त भएपछि प्रधानन्यायाधीशले शपथ गराएपछि महान्यायाधिवक्ताको कार्यकाल सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस