सुनको मूल्य बढ्यो, आज तोलाको कति ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, तेजाबी सुन प्रतितोला १ लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस