काठमाडौँमा डेरा खोज्दै सिके राउत « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

काठमाडौँमा डेरा खोज्दै सिके राउत


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउत काठमाडौँमा डेरा खोज्न थालेका छन्।

काठमाडौँमा कोठा पाउनै गाह्रो भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आज पनि आफू कोठा खोज्न जान लागेको बताएका छन्।

गएको मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ ६ सिट प्राप्त गरेको जनमतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री पठाएको छ।

‘काठमाडौँ बस्न डेरा–घर खोज्नै गार्‍हो, आज पनि जाँदैछु, बरू काठमाडौँ भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू,’ उनले भक्तपुरको घ्याम्पेडाँडस्थित पाइलट बाबा जाँदाको तस्बिर सेयर गर्दै लेखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस