२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

अ+ अ-

कास्की । पोखरामा यही पुष १३ गतदेखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्य सहित प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगिता अन्तर्गत १२ इभेण्टमा प्रतिस्पर्धा हुने भएको सङ्घका अध्यक्ष सुशिलकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगितामा काठमाडौँ, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट तीन सय बढी खेलाडीहरु सहभागी हुँदैछन् ।

प्रतियोगिताको खुला पुरुष एकल तथा डवल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सोही इभेण्टमा द्वितीय हुनेलाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण प्राप्त गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत महिला एकल तथा डवल, मिक्स डवल, ३५ बर्ष माथिको डवल पुरुष उमेर समुह, ४५ बर्ष माथि डवल पुरुष, ५५ बर्ष माथि डवल पुरुष तर्फको बिधामा विजेता टोलीहरुले जनही रु ३० हजार, उपविजेताले जनही रु २० हजार र तेश्रो हुनेले जनही रु १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष श्रेष्ठले बताए ।

जुनियर खेलाडीहरुको प्रोत्साहन गर्ने उद्देश्यले १२ बर्ष मुनिका खेलाडीहरु सहभागी (यु-१२) र १७ बर्ष मुनिका खेलाडीहरु सहभागी (यु-१७) पुरुष तथा महिला तर्फको विधामा प्रतिष्पर्धा हुने भएको छ ।

सो इभेण्टमा विजेता खेलाडीले जनही रु १५ हजार, दोश्रो हुनेले रु १० हजार र तेश्रो हुनेलाई रु पाँच हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्का सचिव फडिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस