लेस्टरलाई ३-० गोल अन्तरले हराउँदै न्युकासल शीर्ष दुईमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लेस्टरलाई ३-० गोल अन्तरले हराउँदै न्युकासल शीर्ष दुईमा


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले लेस्टर सिटीलाई पराजित गरेको छ।

सोमबार भएको खेलमा न्युकासलले लेस्टरलाई ३-० गोल अन्तरले हराएको हो। खेलको तेस्रो मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै न्युकासललाई सुरुआती अग्रता दिलाएका थिए।

सातौं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै न्युकासललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ३२ औं मिनेटमा जोलिन्टनले गोल गर्दै न्युकासललाई ३-० को जित दिलाए । यस जितसँगै न्युकासल लिगको दोस्रो स्थानमा उक्लिएको छ।

न्युकासलले १६ खेलमा ३३ अंक जोडेको छ । लेस्टर १७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।​

प्रिमियर लिग अन्तर्गत नै गएराति भएको खेलमा फुलहमले क्रिस्टल प्यालेसलाई ३-० ले हराएको छ । त्यस्तै ब्राइटनले साउथह्याम्पटनलाई ३-१ ले पराजित गर्दा उल्भ्सले एभर्टनलाई २-१ ले हराएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस