मधेस प्रदेशमा शपथ ग्रहण पुस १५ गते « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मधेस प्रदेशमा शपथ ग्रहण पुस १५ गते


११ पुस २०७९, सोमबार


काठमाडौँ । मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सांसदहरूले पुस १५ गते शपथग्रहण गर्ने भएका छन्।

मधेस प्रदेशका राजधानी जनकपुरस्थित प्रदेश सभा सचिवालयमा भएको सर्वदलीय बैठकबाट पुस १५ गते शुक्रबार दिउँसो २ बजे शपथग्रहण गर्ने कार्यक्रम निर्णय गरिएको छ।

सङ्घीयता को रक्षणको सन्देश दिँदै नवनिर्वाचित सांसदहरूले संस्कृति झल्किने पहिरनमा शपथग्रहण गर्न सक्ने भएका हुन्। शपथग्रहण निर्णय भयसँगै मधेस प्रदेशमा सरकार गठनका लागि दलका नेताहरूले प्रयास थालेका छन्।

मधेस प्रदेशमा एमाले का २३, जसपाका १६ ,जनमत का १३ र नेकपा माओवादीका ८  गरी ६० जना सांसद पुगेकाले सहजै गठबन्धन सरकार हुने देखिएको छ।

सर्वदलीय बैठकमा मधेस प्रदेशका अधिकांश दलका प्रतिनिधिमूलक सांसदहरूको सहभागिता रहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस