प्रचण्डको सत्तारोहण अपेक्षित थिएन : शेखर कोइराला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रचण्डको सत्तारोहण अपेक्षित थिएन : शेखर कोइराला


११ पुस २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संसदबाट नयाँ सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहण अपेक्षित नभएको बताएका छन् ।

सोमबार विज्ञप्ति निकालेर उनले संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने पनि बताएका छन् ।

‘संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन,’ उनले लेखेका छन्, ‘संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।’

काँग्रेस संसद्को सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको भन्दै उनले गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एक पटक उदाङ्गिएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस