मन्त्रीहरूको वरीयता निर्धारण, १८ मन्त्रालयको जिम्मेवारी प्रचण्डसँगै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

मन्त्रीहरूको वरीयता निर्धारण, १८ मन्त्रालयको जिम्मेवारी प्रचण्डसँगै


११ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सुरुवाती ८ सदस्यीय मन्त्रीमण्डलमा मन्त्रीहरूको वरीयता निर्धारण भएको छ ।

जसअनुसार तीन उपप्रधानमन्त्रीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वरियता तेस्रो रहेको छ भने पहिलो वरीयता एमाले उपाध्यक्ष विष्णु पौडेल र त्यसपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको रहेको छ।  

यसैगरी मन्त्रीहरूमा ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानको वरीयता रहेको छ । पौडेल, श्रेष्ठ र लामिछानेले क्रमशः अर्थ, भौतिक पूर्वाधार र गृह मन्त्रालय पाउँदा अन्यको कार्यभार भने तोकिन बाँकी छ । हाल कार्यविभाजन नभएकाले प्रचण्डले आफूसँगै १८ मन्त्रालय राखेका छन् । नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको सोमबार शपथ भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस