प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


११ पुस २०७९, सोमबार


काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले आज (सोमबार) उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद सापकोटा र मानार्थ उपरथी दर्जामा पदोन्नति  भएका सहायक रथी सुशील कुमार भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

पुस ०३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सापकोटा र भण्डारीलाई बढुवा गरिएको थियो 

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस