काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।
अहिले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेता पनि बालकोटमै छन् ।
“प्रचण्डजीले बोलाएर कुरा बुझ्न आएको हुँ,” राउतले सञ्चारकर्मीसित भने, “कुरा बुझेपछि तपाईँहरूलाई बताउनेछु ।”
नयाँ सरकारका विषयमा छलफल गर्न केही बेरअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र जसपाका नेता अशोक राई पनि बालकोट पुगेका थिए ।