२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्ची नगरले भित्री सडक निर्माणलाई प्राथमिकता दिँदै

अ+ अ-

सिन्धुपाल्चोक । मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ।

मेलम्ची बजारस्थित नमुना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको नगरपालिकाका इञ्जिनियर जीतबहादुर कार्कीले जानकारी दिए।

भवन तथा सहरी विकास कार्यालय धुलिखेलमार्फत विनियोजित रु ५० लाख बजेटले काम भइरहेको सो सडक निर्माणपश्चात् बजारको सवारी चाप केही हदसम्म न्यून हुने नगरपालिकाले अपेक्षा गरेको छ।

मापदण्ड नपुगेका स्थानमा कम्पाउन्ड भत्काएर सडक विस्तार गरेको कार्कीले बताए।

पूर्वाधार विकास कार्यालय चौताराको सहयोगमा सोही सडकमा पर्ने जागेश्वरी पक्की पुल निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ।

पुल निर्माणको काममा केही ढिलासुस्ती भएको स्थानीयवासीको गुनासोपछि नगरपालिकाले पटक(पटक ताकेता गरे पनि पुस मसान्तसम्म सडक र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको इञ्जिनियर कार्कीले जानकारी दिए।

नगरप्रमुख आइतमान तामाङले नगरपालिकाले भित्री सडक निर्माणलाई प्राथमिकता दिएको बताए। साथै टार(पिपलबोट भित्री सडक निर्माणका लागि समेत रु दुई करोड विनियोजन भई खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ।

विपद् प्रतिकार्य अभ्यास तालिम
पाँच पोखरी थाङ्पाल गाउँपालिकाको समन्वय र आर्सो नेपालको आयोजनामा पालिकाका कर्मचारी तथा जनप्रतिनिधिका लागि आयोजित तीन दिने विपद् प्रतिकार्य अभ्यास तालिम शनिबार सम्पन्न भएको छ।

तालिममा आगो, बस दुर्घटना र बाढीबाट प्रभावित भई विपदमा परेका नागरिकलाई के(कसरी खोज उद्धार, राहत तथा पुनर्लाभका कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा कृत्रिम घटना अभ्यास प्रस्तुत गरिएको आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले जानकारी दिए।

गाउँपालिकाका चार वडा सचिव र १० शाखा प्रमुखलाई प्रारम्भिक तालिम दिइएको हो। तालिमको राजाराम श्रेष्ठ, हर्षमान महर्जन र टीका महर्जनले सहजीकरण गरेका थिए।

दैवी प्रकोपको तयारीका बारेमा जनचेतना फैलाउने उद्देश्यले गरेको सो कार्यक्रममा दैवी प्रकोप आएको नाटकीय प्रदर्शन गरिएको थियो। यो अभ्यास वर्षा सुरु हुनुअघि, प्राक्टिकल एक्सनले दैवी प्रकोप न्यूनीकरण कार्यक्रमअन्तर्गत काम गरेको प्रत्येक समुदायमा गर्ने गरिएको छ।

यस्ता तालिम विपद् जोखिम रहेका हरेक वडामा आवश्यक रहेको वन वातावरण तथा विपद् शाखाका सदस्यसचिव नारायण बन्जरा क्षेत्रीले बताए।

सूची निर्माण
मेलम्ची नगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्रको स्थापनापश्चात् विपद्को समयमा आवश्यक सहयोग, समन्वय, सूचना सम्प्रेषण तथा सम्पर्क गर्नका लागि आपत्कालीन सम्पर्क नम्बरको सूची निर्माण गरिएको छ।

यस्ता आकस्मिक नम्बर प्रत्येक वडा तथा मुख्य बजारमा उपलब्ध गराउने प्रक्रियामा केन्द्र रहेको मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताए।

यसका साथै आगामी दिनमा आकस्मिक टोल फ्री नम्बरको व्यवस्थापन गरी २४ सै घण्टा विपद्बारे जानकारी, सूचना उपलब्ध गराउन सक्ने व्यवस्था गर्नेतर्फ यस केन्द्रले तयारी गरिरहेको दुलालले बताए। यसबाट विपद्बाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने विश्वास पालिकाले लिएको छ।

प्रतिक्रिया दिनुहोस