३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टी-२० : लुम्बिनीको विजयी सुरुआत

अ+ अ-

काठमाडौँ । कप्तान दीपेन्द्रसिंह ऐरीको चम्किएपछि शनिबार फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले नेपाल टी-२० लिगमा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको एक सय ५३ रनको लक्ष्य पछ्याएको फार वेस्ट १६.२ ओभरमा ८५ रनमा समेटियो ।

फार वेस्टका कप्तान हस्मतउल्लाह साहिदीले सर्वाधिक ३५ बनाए । यस्तै विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

फार वेस्टलाई सस्तैमा समेट्न लुम्बिनीका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । सागर ढकालले दुई विकेट लिँदा प्याट ब्राउन,किशोर महतो र विपुल शर्माले एकरएक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५२ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लाहिरु मिलन्थाले ५० बलमा आठ चौक र एक छक्कासहित सर्वाधिक ६० रन जोडेका थिए ।

दीपेन्द्रसिंहले ३५, गुल्सन झाले २५ र विपुल शर्माले १२ रन जोडे । फार वेस्टका उमेर अलि खान र करण केसीले समान तीन विकेट लिए । जितसँगै दुई अङ्क जोडेको लुम्बिनी तालिकाको दोस्रो स्थानमा आएको छ । तालिकाको शीर्ष स्थानमा भने काठमाडौं नाइट्स छ ।

आजै भएको पहिलो खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो । नेपाल क्रिकेट सङ्घ ९क्यान०को आयोजनामा भएको लिग पुस २७ सम्म सञ्चालन हुनेछ । नेपाल टी–२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरी ६ टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस