२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा वडामा पुगेर सेवा दिँदै ‘व्यास नगरपालिका’

अ+ अ-

तनहुँ । व्यास नगरपालिकाले पुस ११ देखि २० गतेसम्म एकिकृत घुम्ती सेवा मार्फत नगरबासीलाई घर आँगनमा पुगेर सेवा दिन लागेको छ । सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

योजना सम्झौता तथा किस्ता सिफारिस, बालीहरुमा देखापर्ने रोगको जैविक विषादी, तरकारीका उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने छ । विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तान क्यान्सर ,एचआइभी, टिबि, औलो रोग, मधुमेह, उच्च रक्तचाप परीक्षण हुनेछ ।

कोभिड–१९को खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा र दुई वर्ष मूनिका बालबालिकाहरूको वृद्धि अनुगमन र पोषण सम्बन्धी सेवा प्रदान गरिनेछ । आयुर्वेद एकाईबाट विभिन्न २५ किसिमका आयुर्वेद औषधि वितरण र आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धमा आवश्यक ज्ञान दिइने नगरपालिकाले जनाएको छ ।

पशु स्वास्थ्य सेवाको लागि उपचार, रोग निदान, सामान्य शल्यक्रिया, पशु स्वास्थ्यका लागि औषधि वितरण र पशु भ्याक्सिन लगायतका सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्ने व्यवस्था मिलाइएको व्यासका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । ज्येष्ठ नागरिक परिचयपत्र वितरण,अपाङ्गता भएकाको परिचयपत्र र महिला विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम रहेको छ ।

वास्तविक कृषक पहिचान गरी अनुदान

जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले वास्तविक कृषक पहिचान गरेर मात्रै अनुदान दिने व्यवस्था अघि बढाएको छ । व्यावसायिक कृषकलाई प्रोत्साहन स्वरुप प्रदान गर्ने अनुदान रकम हचुवाको भरमा नभई स्थलगत अनुगमन पश्चात दिने योजना नगरपालिकाले बनाएको हो ।

अनुदानका लागि गाउँपालिकामा आवेदन दिएका कृषकको फार्ममा पुगेर अनुगमन समितिले अनुगमन कार्यलाई निरन्तरता दिँदै आएको छ । म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितिले पालिकाभित्र दर्ता गरेर व्यवसाय गरेका कृषकको अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।

अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समिति संयोजक बालकृष्ण घिमिरे, पालिका सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेल रहेका छन् । कृषकले पेश गरेका कागजातको आधारमा मात्रै अनुदान नदिइने भएकोले अनुगमन समितिले प्रत्यक्ष अवलोकन गरेपछि मात्रै अनुदान दिने योजना रहेको अनुगमन समितिका संयोजक घिमिरेले जानकारी दिए ।

गाउँपालिकाले व्यावसायिक कृषकका लागि यस चालू आवमा बोका वितरणका लागि रु तीन लाख पचास हजार, औजार, च्याप कटरमा रु एक लाख, माछाको भुरा खरिद तथा गोठ, खोर निर्माणका लागि रु चार लाख र स्थानीय कुखुरामा रु एक लाख बजेट बिनियोजन गरेको छ ।

पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वास्तविक कृषक पहिचानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरेको बताए । अनुदानका लागि धेरै जनाको आवेदन परेको हुँदा वास्तविक कृषकको पहिचानका गर्न कठिनाइ भएकोले फार्म निरीक्षणमा जाने र त्यसको आधारमा अनुदान दिने व्यवस्था मिलाइएको उनले बताए ।

जनताको आवश्यकता र कृषकको गुनासो सुन्न र त्यसको समाधानका लागि पनि सहज हुने भएकोले अनुगमन कार्यलाई प्राथमिकता दिइएको अनुगमनको संयोजक वालकृष्ण घिमिरेले बताए । उत्पादित वस्तुलाई बजारीकरण गर्दै समृद्ध म्याग्दे वनाउने सुनौलो सपना रहेको हुँदा उत्पादनमुखी कार्यक्रमलाई गाउँपालिका कार्यालयले जोड दिँदै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस