डोटीमा खप्तड-शैलेश्वरी अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीमा खप्तड-शैलेश्वरी अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुँदै


८ पुस २०७९, शुक्रबार


डोटी । डोटीमा खप्तड-शैलेश्वरी अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७९ को आयोजना गरिने भएको छ । 

३०१ औँ पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा डोटी सिलगढी स्थित भैरव प्रसाद गण र जिल्ला स्तरीय बाल सञ्जालको आयोजना तथा दिपायल सिलगढी नगरपालिका वडा नं ६ र ग्लोबल आईएमई बैङ्क डोटी शाखाको प्रायोजनमा खेलकुद प्रतियोगिता हुन गइरहेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए ।

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नारालाई आत्मसात् गर्दै विद्यालय स्तरमा रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान र खेललाई प्रवर्द्धन गर्न सहयोग पुगोस् भन्ने हेतुले खेलकुद प्रतियोगिताको आयोजना गर्न लागिएको प्रमुख सेनानी कार्कीले बताए ।

पौष ९ गते देखी १२ गते सम्म सिलगढी स्थित टुडीखेलमा आयोजना हुने प्रतियोगितामा छात्र फुटबल तर्फ १० टिम, छात्रा कबड्डी तर्फ १० टिम र चित्रकला प्रतियोगिता तर्फ १० विद्यालयका १-१ जना विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगितामा फुटबल र कबड्डीमा प्रथम हुने टिमले रु १५ हजार नगद, प्रमाणपत्र र सिल्ड, द्वितीय हुनेले रु १० हजार नगद, प्रमाणपत्र र ट्रफिको व्यवस्था गरिनुका साथै चित्रकला प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु ३ हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराइने समेत आयोजकले जनाएको छ । खेलकुद प्रतियोगिताको शनिबार बिहान ९ बजे समुद्घाटन गरिने भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस