२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलोत्तमामा देशकै पहिलो ट्राम रेल चल्ने

अ+ अ-

काठमाडौँ । तीन वर्षअघि रुपन्देहीको तिलोत्तमामा गरिएको लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नगरपालिकाभित्र ट्राम रेल चल्ने भएको छ । नगरपालिकाका मेयर रामकृष्ण खाँणले शुक्रबार ट्राम रेल सञ्चालन शिलान्यास गरेका हुन् ।

नगरपालिकाको गौरवको आयोजनाका रूपमा अगाडि सारिएको यो योजना नगरवासीको साथ र सहयोगमा सम्पन्न हुने मेयर खाँणले बताए । तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार बिगामा नयाँ सहर विकास गर्ने कामसमेत अघि बढाइरहेको उनले जानकारी दिए ।

अघिल्लो सरकारको समयमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा यो परियोजना अगाडि बढाइएको थियो । तत्कालीन मेयर वासुदेव घिमिरेले लगानी सम्मेलनमा लगानीकर्ताले देखाएको चाहनाअनुसार तत्काल डीपीआर बनाउन लगाएका थिए । यो योजना नगरपालिकाले पब्लिक कम्पनी मोडेलमा अघि बढाएपछि प्रदेश सरकारले समेत सहयोग गरेको थियो ।

कुल ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दुरीमा रेल सेवा सञ्चालन गर्न प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानी जुटाइने छ । चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन गरिनेछ ।

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए । एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर सञ्चालन हुने र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डीपीआर तयार गरिएको उनले जानकारी दिए ।

रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले विविध कारणले एक वर्ष ढिलाइ भएको बताए । स्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाइएको उनले बताए ।

यो विद्युत्बाट चल्ने र ७० जना चढ्न मिल्ने लाइट रेल्वे भएको उनले जानकारी दिए । रेल सेवामा दैनिक ३० हजार, मासिक ८ लाख र वर्षमा १ करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानीलगायतको समेत सेवा दिन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस