२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्दो अपराध रोक्न प्रमुख जिल्ला अधिकारी शर्माले गरिन यस्तो घोषणा !

अ+ अ-

काठमाडौँ । मानवअधिकार र आपराधिक घटना रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका चारवटै स्थानीय तहसँग समन्वय एवं साझेदारी गर्ने भएको छ । 

भक्तपुरमा मानव अधिकारका घटना बढ्दै गएपछि त्यसतर्फ चिन्ता व्यक्त गर्दै आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहसँग क्षेत्राधिकार र बजेट रहेकाले उनीहरूसँग समन्वय र साझेदारी गरेर अपराध रोक्न सक्रिय रहने बताएकी हुन् ।

उनले ७५ प्रतिशत हिंसा घरभित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको औँल्याउँदै चिनेजानेकाबाटै १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको बताइन् । बहुविवाह र बालविवाहलगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउँदै उहाँले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनुपर्नेमा जोड दिइन् ।

स्थानीय तहले महिला, बालबालिकालगायत धेरै क्षेत्राधिकार पाए पनि त्यसलाई समूचितरूपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय तहमा जानुपर्ने विषय जिल्ला प्रशासन कार्यालयमा आउने र त्यसको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । 

जिल्लाका चारवटै नगरपालिकामा अपराधका घटना रोक्नदेखि प्रशासनका सेवा लिनसमेत सहज गर्ने गरी कार्य गरेका छौँ भन्दै प्रजिअ शर्माले यसबारेमा निर्वाचन अगाडि जिल्लाका दुई नगरपालिकासँग छलफल भइसकेको र अब बाँकी नगरपालिकासँग छलफल गर्ने बताइन् । 

स्थानीय तहसँग लैङ्गिक हिंसा रोकथाम कोष रहेको बताउँदै उनले अपराध रोकथाम, हिंसा न्यूनीकरण, उद्धार र पुनः स्थापना केन्द्र सञ्चालन गर्नेलगायतका कार्य अगाडि बढाउँदै गाउँ गाउँमा चेतना अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याइन् । 

भक्तपुरमा सन् २०२२ जनवरीदेखि डिसेम्बर २१ सम्मको एक वर्षको अवधिमा महिला तथा बालिका गरी ५१ जना बलात्कारबाट पीडित भएका छन् भने चार जना बलात्कार प्रयासबाट र तीन जना बालिका बाल यौन दुव्र्यबहारबाट पीडित भएको प्रहरीको तथ्याङ्कमा छ । 

यस अवधिमा आठ जनाको हत्या भएको छ भने १५ जनाको हत्या प्रयास भएको, ७० जनामाथि अभद्र व्यवहार भएको, एक जनामा जातीय छुवाछूतबाट पीडित भएको, १५ महिला बहुविवाहबाट पीडित भएको, एक सय ५३ जनाले आत्महत्या गरेको, चार जना आत्महत्या दुरुत्साहनमा परेको, एक सय ६८ जनाको सम्बन्ध विच्छेद भएको छ । त्यस्तै महिला, पुरुष र बालबालिका गरी यो वर्ष चार सय ४४ जना हराएकामा चार सय २४ जना फेला परेका छन् । 

प्रतिक्रिया दिनुहोस