२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मातृभाषामा शपथ लिन २६ सांसदले लेखाए नाम 

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले बिहीबार दिउँसो १ बजे शपथ लिँदैछन् । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरूका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ ।

बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् । उनीहरूले सन्थालीदेखि संस्कृतिसम्मका भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् ।

नेकपा एमालेका राज अहमद फारुकीले उर्दु, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र मिना तामाङ, सूर्यमान तामाङले तामाङ भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् ।

यस्तै माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबाट संयुक्त रूपमा चुनाव लडेका महिन्द्र राय यादवले हिन्दी भाषामा र उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिनेछन् ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र रूपमा निर्वाचित सांसद किरण कुमार साहले संस्कृत भाषामा शपथ लिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले नेपाली र मुस्लिम भाषामा शपथ लिने गरी निवेदन दिएका छन् । रास्वपाकै सांसद लक्ष्मी तिवारीले अवधि, मनिष झाले मैथली, सुमना श्रेष्ठले नेपाल भाषामा शपथ लिनेछन् ।

थारु भाषामा शपथ लिने गरी ६ जनाले निवेदन दिएका छन् । राप्रपाका अशोक कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका तीन जना रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारुले थारू भाषामा शपथ लिने गरी निवेदन दिएका छन् । स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामा शपथ लिनेछन् ।

यस्तै जनमत पार्टीका सोनु मुर्मु सन्थाली भाषामा, जनमत पार्टीकै चन्द्रकान्त राउत, विनीता कुमारी सिंह र अनिता देवीले मधेसी भाषामा शपथ लिने बताएका छन् । मधेसी भाषा भन्नाले मधेसमा बोलिने भाषा मध्ये जुनसुकै हुने उनीहरूको तर्क छ ।

प्रतिक्रिया दिनुहोस