२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्धकारले ढाकिएको दुर्गम गाउँमा बिजुली पुगेपछि …

अ+ अ-

जनकपुरधाम । वर्षौँदेखि अन्धकारमा बस्दै आएका सिरहाको धनगढीमाई नगरपालिका– १४ स्थित अति विकट मानिएको मराइन, खुट्टी खोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युतीकरणमार्फत अति दुर्गम मानिएको सो बस्तीमा बिजुली पुर्‍याएको थियो ।

बस्ती बसेदेखि लालटेन र टुकीको भरमा रात काट्दै आएका स्थानीयवासी गाउँ बस्तीमा बिजुली बल्न थालेदेखि खुसी मनाइरहेको बताएका छन् । ‘‘बिजुलीका लागि विगत एक दशकदेखि विद्युत् प्राधिकरणमा गुहार्दै आएका थियौँ’, स्थानीयवासी दिलीप लामाले भने, ‘तर दुर्गममा बस्ती छ, त्यहाँ विद्युतीकरण गर्न समस्या हुन्छ भन्दै सम्बन्धित निकाय पन्छिँदै आएको थियो ।’ अहिले बल्ल बस्तीमा झिलिमिली बत्ती बल्न थालेको छ, यसका कारण हामीलाई सहज भएको लामाको भनाइ छ ।

‘गाउँमा बिजुलीको सुविधा नहुँदा वर्षौँदेखि स्थानीयवासी लालटेन र टुकी बालेर रात बिताउँदै आएका’, सिरहाको धनगढीमाई नगरपालिका–१४ मराइनका स्थानीयवासी सूर्य मगरले भने, ‘ढिलै भए पनि गाउँमा बिजुली पुगेको छ, यसका कारण गाउँ झिलिमिली बनेको छ र अब हामीलाई सहज भएको छ ।’ बिजुली नहुँदा समान्य मोबाइल चार्जका लागि पनि धनगढी बजार धाउनुपर्ने बाध्यताबाटसमेत अब मुक्त भएको उनको कथन छ ।

अहिले पूरै गाउँ झिलिमिली छ । विद्युत् सुविधा पुगेपछि कतिपयले आयआर्जनका विभिन्न काम पनि गर्न थालेका छन् । रातको समयमा पनि उज्यालोमा घरायसी कामधन्दा गर्न, बालबालिकालाई पढ्न सहज हुनुको साथै मोबाइल चार्ज गर्न, रेडियो टेलिभिजनजस्ता सञ्चारका साधनको प्रयोग गर्न पाउँदा स्थानीयवासी दङ्ग छन् । रातको समयमा हुने चोरी डकैतीबाट पनि सुरक्षित भएको लामाले बताए ।

दुर्गम मानिएको ती बस्तीमा बिजुली पुर्‍याउन लामो प्रयासपछि बल्ल बिजुली ल्याउन सफल भएको धनगढीमाई नगरपालिका–१४ का वडाध्यक्ष अमित ठकुरीले बताए । ‘अत्यन्तै विकट ती गाउँ बस्तीका स्थानीयवासीको प्रमुख माग नै बिजुली थियो’,वडाध्यक्ष ठकुरीले भने, ‘बाटोघाटो र यातायातको पहुँच नपुगेका यी बस्तीमा कसरी बिजुली ल्याउने भन्नेमा ठुलो चिन्ता थियो ।’ तर विद्युत् प्राधिकरणसँग पहल गरेर बिजुली ल्याउन सफल भएको खुसी लागेको छ, उनले भने ।

पूर्व–पश्चिम राजमार्गदेखि करिब १० किलोमिटर उत्तर चुरे जङ्गल नजिकै रहेको सो वडाको करिब एक दर्जन बस्ती छन् । वर्षौँदेखि बिजुलीको सुविधाबाट वञ्चित ती बस्तीमा विद्युतीकरण कार्य सुरु भएसँगै पहिलो चरणमा खुट्टी खोला, मराइनको सबै र राईनीको केही भागमा बिजुली बत्ती बल्न थालेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

सो वडाको दुर्गममा पर्ने पोलार, मैनामैनी, तोरीवारि, राईरैनी, अम्बासे, मोतिश्री, चट्टान, जामुनटार, डल्मेलगायतका गाउँ बस्तीमा बिजुली पुर्‍याउन चालु आर्थिक वर्षमा पाँच करोडको लागतमा विद्युतीकरणको कार्य सुरु गरिएको प्रमुख यादवले बताए ।

तीमध्ये तीन बस्तीमा बिजुली बल्न थालेको र बाँकीमा यस वर्षभित्र विद्युतीकरणको लागि बोलपत्र भइसकेको प्रमुख यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस