२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलिकप्टर र अल्ट्रालाइटबाहेक पोखराका सबै उडान नयाँ विमानस्थलमा सारिँदै

अ+ अ-

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले यो विमानस्थललाई १ जनवरी २०२३ देखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोही दिनदेखि सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुने विमानस्थल कार्यालयका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।

जोशीका अनुसार अल्ट्रालाइट र हेलिकप्टर भने तत्कालका लागि पुरानै विमानस्थलबाट सञ्चालन हुनेछन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस विमानस्थलमा गरिएको क्यालिब्रेसन उडानको प्रारम्भिक प्रतिवेदन आएपनि पूर्ण विवरण आइसकेको छैन । यहाँ एरोथाइ कम्पनीले क्यालिब्रेसन उडान गरेको थियो । पूर्ण प्रतिवेदन आएपछि भने पोखराको प्याराग्लाइडिङसहित अन्य विषयहरूबारे निर्णय हुने जोशीले जानकारी दिए ।

पोखरामा निर्माण भएको नयाँ विमानस्थलमा यसैसाता एटीआर ७२ जहाजबाट परीक्षण उडान गर्ने तयारी छ । सो उडानपछि आन्तरिक उडानका लागि भने बाटो खुल्नेछ ।

यस्तै विमानस्थल सञ्चालनको मिति सरकारले यसअघि नै तोकेको हो । सोही अनुसार अहिले पूर्वतयारीका काम धमाधम भइरहेको प्राधिकरणले जनाएको छ । १ जनवरीदेखि उडान हुने भनिए पनि यसै दिनदेखि अन्तर्राष्ट्रिय व्यावसायिक उडानको भने टुङ्गो छैन ।

क्यालिब्रेसन फ्लाइटको पूर्ण विवरण नआएका कारण तत्काल अन्तर्राष्ट्रिय कम्पनीहरूले उडानको तयारी गर्न सक्ने छैनन् । सो प्रतिवेदन प्राधिकरणले प्रकाशित गरेपछि सोही प्रतिवेदनमा आधारित रहेर जहाजहरूले पोखरामा उडान गर्न सक्छन् । सोही कारण तत्काल पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने सम्भावना भने कम छ । अहिले यो विमानस्थलको पूर्वी सीमामा १।३५ टाढा रहेको रिट्ठेपानी डाँडा कटानको काम समेत भइरहेको छ ।

यता पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकार र चिनियाँ सरकारको एक्जिम बैङ्कबिच २१ करोड २९ लाख अमेरिकी डलरमा सम्झौता भएको हो । २१ मार्च २०१६ ९८ चैत २०७२०मा ऋण सम्झौता भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबिच मे २२ २०१४ मा ९८ जेठ २०७१० विमानस्थल निर्माण सम्बन्धी ठेक्का सम्झौता भएको थियो ।

तर, ऋण सम्झौतामा ढिलाइ भएपछि निर्माण केही पर धकेलिएको थियो । 

प्रतिक्रिया दिनुहोस