३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नास्टले बिग्रिएका उपकरण बनाइने, रेखदेख गर्न कर्मचारी राख्ने तयारी 

अ+ अ-

काठमाडौँ । सन् २०१५ देखि बन्द रहेको पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशालामा नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)ले कर्मचारी राख्ने तयारी गरेको छ । सोलुखुम्बुको लोबुचेस्थित पिरामिडको सुरक्षाका लागि गम्भीर भएको जनाउँदै नास्टले रेखदेखका लागि एकजना कर्मचारी राख्ने तयारी गरिरहेको हो ।

नास्टका हाईअल्टिट्युड रिसर्च युनिटका वैज्ञानिक देवेश कोइरालाले पिरामिड रेखदेखका लागि एक जना सहयोगी राख्ने तयारी भइरहेको जानकारी दिए । इटालीको नेसनल रिसर्च काउन्सिल (सीआनएर)ले सन् २०१४ देखि ईभी-के२-सीएनआर कमिटीलाई बजेट दिन छाडेपछि ५ हजार ५० मिटर उचाइमा रहेको पिरामिड ल्याब बन्द अवस्थामा छ । पिरामिड ल्याब सञ्चालनको अधिकांश खर्च ईभी-के२-सीएनआर कमिटीले व्यहोर्दै आएको थियो । उक्त कमिटी सीएनआरमातहत छ ।

वैज्ञानिक अधिकृत कोइरालाले चाँडै नै कर्मचारी नियुक्ति गर्ने तयारी भइरहेको जानकारी दिए ।

नास्टले यो वर्ष पिरामिड ल्याबमा बिग्रिएका उपकरण पनि मर्मत गर्ने तयारी गरिरहेको छ । बिग्रिएका ल्यापटप,डेस्कटपलगायतका केही सामग्रीह मर्मत गर्ने तयारी भइरहेको कोइरालाले जानकारी दिए । यस्तै, कालापत्थरमा रहेको लाइभ वेब क्यामेराको पनि मर्मतसम्भार भएको छ । यसअघि इटालीको प्राविधिक टोलीले गत अप्रिलमा पुमोरी र गत महिना कालापत्थरमा रहेको वेब क्यामेरा मर्मत गरेको थियो । वेब क्यामेरा सञ्चालनमा आएसँगै संसारका जुनसुकै कुनाबाट सगरमाथा र पुमोरी हिमालको लाइभ दृश्य देख्न सकिन्छ ।

नास्टले पिरामिड ल्याब सञ्चालनबारे अन्तरक्रियासमेत गर्ने बताएको छ ।

नास्टका प्रवक्ता डा‍‍‍. रवीन्द्र ढकालले पिरामिड प्रयोगशाला सञ्चालनका लागि साझेदारहरूको खोजी भइरहेको बताए । उनले स्रोत साधन र दक्ष जनशक्तिको समस्या भएकाले प्रयोगशाला सञ्चालन हुन नसकेको स्वीकारे ।

हाल ईभी-के२-सीएनआरका तर्फबाट राखिएका काजी विष्टले प्रयोगशालाको रेखदेख गर्दै आएका छन् । नास्टको टोली वर्षमा दुई पटक पिरामिड प्रयोगशाला पुग्छन् । उनीहरू त्यहाँको वस्तुस्थिति, विवरण र तथ्याङ्क लिन्छन् ।

प्रतिक्रिया दिनुहोस