२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैले प्रधानमन्त्रीका लागि आकाङ्क्षा राख्नु स्वभाविक हो तर दाबी गरेको छैन : प्रचण्ड

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीका लागि सबै विषयमा दाउमा राख्ने पक्षमा नरहेको प्रस्ट पारेका छन् ।

प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने भन्दै कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको बताए ।

उनले भने, ‘हामी गठबन्धनमा छलफल गर्छौ र टुङ्ग्याउँछौँ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुङ्गो लागेको छैन । मैले प्रधानमन्त्रीका लागि आकाङ्क्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दाबी भनेर औपचारिक रूपमा गठबन्धनको बैठकमा गरेको छैन ।’

सोमबार चितवनमामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको पनि बताए । ‘स्वभाविक रूपमा सवैसँग छलफल चलिराखेका छ । तर म प्रधानमन्त्रीका लागि सबै चिज दाउमा राख्दिनँ’, अध्यक्ष प्रचण्डले यसअघि धेरै नेताहरूलाई आफूले प्रधानमन्त्री बनाउन भूमिका खेलेको पनि स्मरण गराए ।

उनले एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भएको भन्दै अरूको पनि कुराकानी भइरहेको बताए । ‘यो स्वभाविक हो, काँग्रेस–एमालेको पनि कुरा भइरहेको छ । कुरा हुनेवित्तिकै टुङ्गोमा पुगेको भन्ने होइन’अध्यक्ष प्रचण्डको भनाइ छ ।

प्रचण्डले एमाले माओवादी पार्टी एकताका लागि बाहिर आए जसरी औपचारिक छलफल र कुराकानी पनि नभएको बताए । उनले राष्ट्रपति गैर दलीय व्यक्ति हुन नसक्ने भन्दै केही बुद्धिजीवीहरूले त्यस्तो व्यक्ति हुँदा राम्रो हुने भनेर भने पनि अहिले त्यो सम्भावना नरहेको र दलबाटै राष्ट्रपति चयन हुने बताए ।

‘गठबन्धनमा गैर दलीय व्यक्ति प्रधानमन्त्री हुने भनेर छलफल भएको छैन । सम्भावना पनि छैन’, प्रचण्डले राष्ट्रपतिले दिएको सात दिनको समयमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका शक्ति बाँडफाँड गरेर प्याकेजमै सहमति खोज्ने प्रयत्नमा दलहरू रहेको बताए ।

प्रतिक्रिया दिनुहोस