२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यासमा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

अ+ अ-

डुम्रे । तनहुँको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको छ ।

आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग पुर्‍याउन लागिएको हो । वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८औँ नम्बरमा तनहुँ पर्दछ । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँगको अन्तक्रिया कार्यक्रममा व्यासमा श्रम र रोजगारसम्बन्धी शाखा स्थापना गरिने जानकारी दिए । आगामी नगरसभाबाट पारित गरी कार्यान्वयनमा ल्याउने गरी तयारी भएको उनले बताए ।

‘अब हुने नगरसभाबाट पारित गरी व्यास नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापना गरिनेछ । वैदेशिक रोजगारसम्बन्धी जोडिएका श्रम र रोजगारसँग सम्बन्धित रिटर्नीको समस्या, उनीलाई स्वरोजगारसँग जोडी आत्मनिर्भर र उद्यमशील बनाउने काम सोही शाखाले गर्नेछ’, उनले भने । युवालाई उद्यमशील बनाउन यस आर्थिक वर्षमा नगरपालिकाले रु ५० लाख विनियोजन गरेको उनले बताए । सामी कार्यक्रम प्रभावकारी र उपयोगी भएको जनाउँदै उनले यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।

‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने नाराका साथ व्यास नगरपालिकाद्वारा आयोजित उक्त अन्तक्रियामा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सीप नसिकी कोही पनि वैदेशिक रोजगारीमा जान नहुने बताए । ‘सीप नसिकी, दक्षता हासिल नगरी, नबुझी विदेश जाने दाजुभाइले धेरै दुःख पाएका छन्’, उनले भने, ‘त्यसैले सीप सिकी दक्ष बनी विदेश जानुपर्दछ ।’

सामी कार्यक्रमका गण्डकी प्रदेश संयोजक शैलेन्द्र मिश्रले वित्तीय व्यवस्थापन, सम्बन्धित देशको भाषा, मौसम तथा कानुनजस्ता विषयमा जानकारी, सही र भरपर्दो रोजगार व्यवसायीको छनोट, स्वास्थ्यसम्बन्धी सचेतना र पारिवारिक व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस