२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोबाइल लुट्न बञ्चरो प्रहार गरेर दम्पतीको हत्या भएको खुलासा

अ+ अ-

काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ मुलपानीस्थित आहालेमा मोबाइल लुट्नका लागि दुई जना किशोरले दम्पतीको हत्या गरेको खुलेको छ । मंसिर २६ मा बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए ।

बिहान मृत अवस्थामा भेटिएका दम्पतीको दुईजना किशोर मिलेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिप्रका धादिङका डीएसपी श्याम बहादुर खत्रीले रातोपाटीलाई बताए । दम्पतीको हत्या आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न आरोपमा प्रहरीले त्रिपुरासुन्दरी-३ घर भएका १५ र १३ वर्षका किशोरलाई पक्राउ गरेको हो । दुई जना किशोरले ‘मोबाइल लुट्न’ हत्या गरेको अनुसन्धानबाट थाहा भएको डीएसपी खत्रीले बताए ।

हत्याबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोका इन्स्पेक्टर सुरेश खत्रीको टिम धादिङ गएको थियो ।

पुस १ मा पक्राउ गरिएका किशोरहरुलाई अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले न्यायिक हिरासतमा राखेको छ ।

मंसिर २४ मा राति साढे ८ बजे दम्पतीको घरमा गएर वृद्ध दम्पतीलाई बन्चरो प्रयोग गरेर हत्या गरेपछि मोबाइल लिएर भागेको आरोपीहरुले प्रहरीसँग स्वीकारेका छन् । मृतक विष्णु बहादुर मगरको चोरी भएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ । यस्तै हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस