माओवादी पदाधिकारी बैठक : समाजवादी फोरम बनाउने प्रचण्डको प्रस्ताव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माओवादी पदाधिकारी बैठक : समाजवादी फोरम बनाउने प्रचण्डको प्रस्ताव


३ पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी फोरम बनाउने प्रस्ताव गरेका छन् ।

सोमबार बसेको पदाधिकारी बैठकमा उनले समाजवादतिर जान सहमत शक्तिहरूलाई एउटै ठाउँमा ल्याउन त्यस्तो फोरमको आवश्यकता भएको बताएका थिए ।

समाजवादी केन्द्र बनाउने भन्दै यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एकता संयोजन समिति बनाउने सहमति गरेका थिए । त्यस्तै नेपाल समाजवादी पार्टीले पनि समाजवादी केन्द्र बनाउन पार्टी एकता गर्ने सहमति गर्दै माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेको थियो ।

आइतबारको बैठकमा प्रचण्डले त्यसलाई विस्तार गरेर समाजवादी फोरम बनाउने प्रस्ताव गरेका थिए । अर्का उपमहासचिव जनार्दन शर्माले पनि समाजवादी केन्द्र बनाउने माओवादीको पुरानै एजेन्डा भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस