६० जना चालकको लाइसेन्स निलम्बन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

६० जना चालकको लाइसेन्स निलम्बन


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

निलम्बनका लागि पठाइएका सबै भन्दा धेरै कारवाहीमा १ जना ४४ पटक , ३५ पटक कारबाही १ जना, २४ पटक परेका ३ जना, १४ पटक परेका १ जना, १२ पटक परेका ७ जना, ७ पटक परेका २ जना र ६ पटक कारवाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको हो ।

उनीहरूले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको थियो । ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकहरूबाट नै सवारी दुर्घटना भएको तथ्याङ्कले समेत देखाएको छ ।

सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यसअघि पनि पटक पटक कारवाहीमा परेको समेत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस