२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइन सिष्टम कार्यान्वयन हुन नदिन बिचौलियाको चलखेल

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रमा कायम अनलाइन प्रणाली कार्यान्वयन हुन नदिन बिचौलियाहरू पुनः जुरमुराउन थालेका छन् । वैदेशिक रोजगार सम्बन्धी कामहरू अनलाइनमार्फत गरिने भएसँगै कामविहीन भएका उनीहरू कर्मचारीलाई हैरानी पारेर यो प्रणालीलाई नै फेलियर गराउन लागिपरेका हुन् । यद्यपि केही कर्मचारीहरूसमेत बिचौलियाको उक्त सेटिङलाई सघाई रहेको वैदेशिक रोजगार कार्यालय ताहाचल स्रोत बताउँछ । 

‘लाइनमै हुने बार्गेनिङ हटेपछि अनलाइन फाराम भरिदिने नाममा श्रमिकहरूबाट दोब्बर असुली गर्न पुगेका बिचौलियाहरू रिजेक्सन देखाएर प्रणाली नै ठिक छैन भन्ने पार्न थालेका छन्’ ती स्रोतले भने ‘शुरुमै फाराम भर्दा ४ हजार सम्म लिने र पुरा डकुमेन्ट अपडेट नगरेपछि कार्यालयबाट रिजेक्सन हुँदा पुनः मिलाई दिने भन्दै कर्मचारीसँग मिलेर असुल्ने गरेको पनि सुनिएको छ ।’

त्यसमा पनि कडाइ गर्न थालिएपछि भित्रैका केही कर्मचारी बिचौलियासँग मिलेर कर्मचारीलाई काममा हतोत्साहित गर्नेदेखि सिष्टमलाई दोष देखाएर पुरानै अवस्थामा फर्काउनेतर्फ उन्मुख देखिएको मन्त्रालय स्रोत बताउँछ । 

वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई अनेकथरी दुःख दिँदै अनावश्यक रूपमा पैशा असुल्ने क्रम बढेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण कामहरू अनलाइन प्रणालीमार्फत गर्ने निर्णय गरेको थियो । यससँगै लामो लाइनको त अन्त्य हुन पुग्यो नै, बिचौलियाहरूको बार्गेनिङको तहसमेत घटेको थियो । 

त्यसो त हालका शाखा र कर्मचारी हेर्ने हो आधा मात्रै पुग्ने भए पनि त्यसलाई ठिक साइजमा ल्याउन अझै कठिनाइ भइरहेको छ । तहहरू धेरै हुँदा सेवाग्राहीले उत्ति नै बढी हैरानी खेप्नु परेको भन्दै सबै सेवाहरू अनलाइन बनाएको श्रम मन्त्रालयले अनावश्यक स्टेप घटाउन अधिकृतमुखी बनाउने भनेको थियो तर नायव सुब्बा तथा कम्प्युटर अपरेटरहरूको दबाबपछि सो तत्काल कार्यान्वयन रोकिएको थियो । 

सम्बन्धित समाचार : अधिकृतमुखी बनाइँदै वैदेशिक रोजगार कार्यालय ताहाचल, नासु र कम्प्युटर अपरेटर हटाइँदै ! 

विश्वमा एकपछि अर्को भइरहेको प्रविधिको विकाससँगै नेपालमा पनि धेरै क्षेत्रहरू प्रविधिसँग जोडिइसकेको अवस्थामा गई सकेको प्रणालीलाई थप मजबुत बनाउनुको विकल्प नभएको र त्यसमा प्रतिबद्ध रहेको मन्त्रालयको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस