२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिसमक्ष मुख्यमन्त्रीको गुनासो : निरीह र रमिते बन्नु परेको छ !

अ+ अ-

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकार निरीह र रमिते बन्नुपरेको गुनासो गरेका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले वर्तमान कानुनका कारण प्रदेश सरकार निरीह र रमिते बनेको टिप्पणी गरेका हुन् ।

‘संविधानले, कानुनले जे खालका अधिकारहरू हामीलाई व्यवस्था गरेको छ, जे कार्यक्षेत्र निर्धारण गरेको छ, बजेट पनि सानो आकारको बन्छ’, विराटनगरमा विराट एक्स्पो उद्घाटन समारोहमा उनले भने, ‘हामी सबै समस्याप्रति निरीहजस्तो, रमितेजस्तो बन्नुपर्ने अवस्था छ, हामी न सहयोग गर्न सक्ने, न आफैँले केही गर्न सक्ने अवस्था बनेको छ ।’

प्रदेशको कामका बारेमा पनि बहस चलिरहेको बताउँदै उनले देशको संघीय प्रणाली विश्वका अरू देशको अभ्यासजस्तो नभई फरक खालको भएको बताए । संघीय संरचनाको नाममा अहिले पनि केन्द्रीकृत र एकात्मक राज्यजस्तो कानुनी व्यवस्थाले प्रदेशले धेरै काम गर्न नसकेको मुख्यमन्त्री राईले बताए । अधिकार र बजेट केन्द्रले नै राखेका कारण प्रदेश र स्थानीय तहको भूमिका सन्तोषजनक नभएको उनको भनाइ छ ।

अधिकार र बजेट केन्द्रले अँठ्याएर राख्दा प्रदेश सरकार, स्थानीय तहको भूमिका सन्तोषजनक नभएपनि विकासमा दामासाहीकरण भएको बताए । केन्द्र सरकारले भन्दा प्रदेश सरकारले जिल्ला र स्थानीय तहमा धेरै योजना र बजेट पठाएको मुख्यमन्त्री राईले बताए ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले मुख्यमन्त्रीले उठाएको विषयलाई सम्बोधन गरिनन् । उनले निजी क्षेत्रको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

औद्योगिक क्षेत्रका समस्या समाधानको पहल गर्न विराटनगरका उद्योगी व्यवसायीलाई आह्वान गर्दै उनले निजी क्षेत्रको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

उद्योग सङ्गठन मोरङको आयोजनामा सुरु भएको एक्स्पो ६ पुससम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस