प्रचण्ड भेट्न खुमलटारमा पुगे बलिउड अभिनेता विवेक ओबरोय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड भेट्न खुमलटारमा पुगे बलिउड अभिनेता विवेक ओबरोय


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । बलिउड अभिनेता विवेक ओबरोय र उनका पिता सुरेश ओबरोयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् । उनीहरू बिहीबार साँझ प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् ।

बलिउडका चर्चित कलाकारहरू परिवारसहित बुधबार साँझ नेपाल भ्रमणमा आइपुगेका हुन् । आज नै उनीहरू चन्द्रागिरिको दर्शनका लागि पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस