काठमाडौँ र ललितपुरमा दुई जना मृत फेला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ र ललितपुरमा दुई जना मृत फेला


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । उपत्यकाको काठमाडौँ र ललितपुर जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका-८ पुरानो बानेश्वर डेरा गरी बस्ने ठेगाना नखुलेका ४३ वर्षीय राजेश तामाङ बुधबार मृत अवस्थामा फेला परेका हुन् ।  

यता ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोलस्थित महान् नेपाली ड्राइभिङ सेन्टर अगाडि रहेको बा.१ ज ६०३० नम्बरको पुरानो भ्यानभित्र महालक्ष्मी नगरपालिका-२ सुबेदी टोल बस्ने ५४ वर्षीय राधाकृष्ण सुबेदी बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस