२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगारी दिन अनुदान-सापटी सुविधासम्बन्धी कार्यविधि पारित

अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारी प्रदान गर्न अनुदान– सापटी सुविधासम्बन्धी कार्यविधि २०७९ पारित गरेको छ ।

नगरवासीमा प्रारम्भिक उद्यमशीलता विकास गराउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यविधि पारित गरिएको विधान समितिको संयोजक एवं ११ नम्बर वडाध्यक्ष रोशन गिरीले जानकारी दिए । उनका अनुसार रोजगारी चाहने युवाले नगरपालिकाबाट पशुपक्षी, माछापालनसहितका कृषियन्त्र उपकरण आदिका लागि सापटी अनुदानबापत रु ५० हजारदेखि दुई लाखसम्म प्राप्त गर्नेछन् ।

नगरपालिकाले प्रारम्भिक उद्यमी बन्न सापटीको रूपमा दिनेछ भने उद्यमशील बनेपछि अनुदानको रूपमा रूपान्तरण गरिने नगरपालिकाले जनाएको छ । उनका अनुसार व्यवसायमा रुचिभएका अत्यन्त विपन्न नागरिकलाई उक्त अवसर दिएर प्रारम्भिक उद्यमशीलता विकास गर्न तथा व्यावसायिक ज्ञान दक्षता बुद्धि गर्ने हेतुले व्यवसाय सिर्जना सुरुवात, सुधार, विस्तार र विकासमा सहयोग पुर्‍याउन नगरले तालिमसमेत प्रदान गर्नेछ । कार्यविधिमा उल्लेख गरे अनुसार सापटी अनुदान पाउने व्यक्तिको परिवारको लगत विवरण वार्षिक रूपमा तयार गरी त्यसपछिका दुई वर्षसम्मको छनोट प्रक्रिया पनि पहिलो वर्षमा गर्न सकिनेछ ।

त्यस्तै सापटी प्रदान गरिएका पशुपक्षीको बीमा गरे ५० प्रतिशत सम्मको साझेदारी गर्न सकिने उल्लेख छ । कार्यविधिमा उल्लेख गरिए अनुसार सापटी रकम ५० हजार भन्दा बढी भएमा निवेदनसाथ जग्गाधनी प्रमाण पुर्जा, व्यक्ति भए एकाघर परिवारका तीन जना व्यक्तिको मन्जुरी नामा वा दुई परिवारको ग्यारेन्टी, समूह भए समूहको ग्यारेन्टी आवश्यक पर्ने छ ।

प्रारम्भिक उद्यमशीलताको पहिलो चरणमा सरकारी जागिरे वा पेन्सन प्राप्त व्यक्तिलाई छनोट नगरिने नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनका अनुसार प्रत्येक तीन वर्षमा एक सापटी चरणको चक्र पूरा भई चौँथो वर्षबाट पुन चक्र सुरु हुने जनाइएको छ ।

उद्यमीले कृषि उत्पादन देखि पशुपालन तथा अन्य व्यवसाय गर्नका लागि उक्त रकम प्राप्त गर्नेछन् । जस अनुसार लैनो भैँसी खरिदका लागि रु ५० हजारदेखि एक लाखसम्म प्राप्त गर्नेछन् । उद्यमीले बाख्रा, बङ्गुर, पक्षीपालन लोक्कल कुखुरा, हाँस बट्टाई, लेयर्स कुखुरा, कालिज, कटकनाथ, माछापालन, दुग्ध सङ्कलन व्यवसाय डेरी उद्योग, कोल्डस्टोर तथा कृषि उपज बजारीकरण लगायतमा सहयोग प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस