हामीले जति इमान्दारिता देखायौँ, कांग्रेसबाट त्यो भएन : प्रचण्ड « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

हामीले जति इमान्दारिता देखायौँ, कांग्रेसबाट त्यो भएन : प्रचण्ड


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्रै सरकार गठन हुने दाबी गरेका छन्।

गठबन्धन सरकारले नै निरन्तरता पाउने उनको भनाइ छ।

बुधबार पोखरामा केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीसँगको बैठकमा उनले अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने बताए।

माओवादीले २५ सिटमा जित हासिल गर्नुपर्ने भएपनि काँग्रेस पूर्णरूपमा इमान्दार नहुँदा कम सिट प्राप्त गरेको प्रचण्डको भनाइ छ।

‘हामीले जति इमानदारिता देखायौँ, काँग्रेसले पूर्ण रूपमा इमानदारिता देखाउन सकेन’, प्रचण्डको भनाइलाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने।

उनले गण्डकी प्रदेशको माओवादीले पाउनुपर्ने माग गठबन्धनमा राखेको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस