किसानको समस्याप्रति सरकार गम्भीर भएन : मधेसी आयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

किसानको समस्याप्रति सरकार गम्भीर भएन : मधेसी आयोग


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । मधेसी आयोगले सरकार किसानको समस्याप्रति गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै मंसिरको अन्तिम समयसम्म पनि किसानको धान सरकारका सरोकारवाला निकायहरूले खरिद नगर्नु दुखद भएको बताएको छ ।

सरकारले धानको मूल्य निर्धारण गरे पनि खरिद नगर्दा किसानले बिचौलियालाई कम मूल्यमा बाध्यात्मक रूपमा बेच्नुपरेको कुरा गम्भीर र जटिल समस्या रहेको भन्दै यो समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ ।

आयोगले विगतको दिनमा पनि किसानहरूले मलखादका लागि आन्दोलन भइरहेको भन्दै अबको दिनमा यस्ता समस्याहरूलाई सरकारले अलग्गै संयन्त्र बनाई समस्या समाधान हुने गरी काम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस