काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले हिजो साँझ गणेस्थानमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा आज शोक बिदा दिएको छ ।
बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटना स्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
बनेपा नगरपालिका–११ बाट व्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो । मृतकमध्ये १३ जनाको सनाखत भएको हो ।
